The second AGM of NRN Africa Ventures Limited was held

काठमाडौं ।अफ्रिकाका एनआरएनहरुको पहलमा स्थापना भएको एनआरएन अफ्रिका भेन्चर्स लिमिटेडको दोश्रो बार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीले हालसम्म जलविद्युत ,कृषि तथा इन्फ्रास्ट्रक्चर क्षेत्र र दोश्रो बजारमा लगानी गर्नुका साथै जलविद्युत र इन्फ्रास्ट्रक्चरका क्षेत्रमा थप पुजी जम्मा गर्दै लगानी गर्ने योजना बनाएको छ ।

दोश्रो बार्षिक साधारणसभामा संचालक समितिको वर्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष हिक्मत थापाले प्रारम्भका बर्षहरुको देश भित्र र बाहिरको समग्र अर्थतन्त्रको अवस्था चिन्ताजनक भएतापनी कम्पनीको आर्थिक अवस्था सकारात्मक रहनु संतोषजनक रहेको छ भन्नू भयो । मुलत गैरआवासीय नेपाली लगानीकर्ताहरुको सामुहिक रुपमा पुजी संकलन गरि मार्तुभुमीको आर्थिक समृद्धिको लागि पुजी सहित उनीहरुको ज्ञान र अनुभव प्रयोग गर्न उद्देश्यका साथ कम्पनी अगाडि बढेको छ भन्नुभयो ।

साधारणसभामा कार्यकारी संचालक दीपक कर्णले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने संचालनक सुनिल कार्कीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन लगाएत अन्य प्रस्तावहरु साधारणसभाले सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

कम्पनीको सहायक कम्पनी एनआरएन ग्लोबल एग्रो लिमिटेडलाई कम्पनीको पुर्ण एकल स्वामित्वमा राख्ने र कृषि सम्बन्धि लगानी र योजनाहरु अब यस कम्पनी बाट अगाडि बढाउने र कम्पनीको नेतृत्व र ब्यबस्थापनमा थप नयाँ इन्फ्रास्ट्रक्चर प्रोजेक्टहरु अघि बढाउन साधारणसभाले संचालनक समितिलाई निर्देशन समेत दिएको छ । कम्पनीका अध्यक्ष हिक्मत थापाको अध्यक्षतामा सप्पन्न साधारणसभाको संचालन कानुनी सल्लाहकार बद्री विशाल घिमिरेले गर्नु भएको थियो ।

Related Posts